सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

असोज २१ गतेबाट दशैंको नयाँ नोट साट्न पाईने

नेपाल राष्ट्र बैंकले असोज २१ देखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने सुविधा दिइने बताएका छन ।

पौडेलले भने–‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरुले नयाँ नोट सटही गरेका थिए ।

राष्ट्र बैंकले असोज २१ देखि नयाँ नोट सटही खुल्ला गर्ने भएपनि वाणिज्य बैंकहरुलाई भने १२ असोज मै उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । साथै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट सटही गर्ने प्रवक्ता पौडेले बताएका छन ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । त्यसैगरी, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ ।

त्यस्तै, राष्ट्रीय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर, सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्