प्रधानमन्त्री टोलीको अमेरिका भ्रमण खर्च २३ करोड
संयुक्त राष्ट्र संघमा सहभागी भएर नेपाल फर्कँदा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीले राष्ट्रिय ढुकुटीबाट करिव २२ करोड ३५ लाख रुपैंया भन्दा बढी खर्च गरेको छ । २१ जनाको टोलीले आवतजावतको टिकट, प्रत्येक रातको बसाई खर्च र भ्रमण भत्ता वापत प्रधानमन्त्री ओलीको भ्रमण टोलीले राष्ट्रिय ढुकुटीबाट १३ दिनमा २२ करोड ५० लाख रुपैंयाँ भन्दा बढी खर्च गरेको मोटामोटी हिसाब देखिएको छ ।
भ्रमण टोली जम्बो नभएपनि यो टोलीले जम्बो टोली बराबर खर्च गरेको छ । यो टोलीको सबै भन्दा बढी टिकटमा चलखेल भएको देखिन्छ । टोलीको टिकट खर्च मात्रै ६६ लाख रुपैंयाँ भन्दा बढी खर्च भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटको मुल्य मात्रै १८ लाख नेपाली रुपैयाँ परेको छ । स्तरिय अर्थात बिजनेश क्लाशमा सयर गरेका प्रधामन्त्रीको टिकट बजार भाऊ भन्दा ८ लाख रुपैंया बढ्ता मुल्यमा खरिद गरिएको देखिएको छ ।
प्रधानमन्त्री ओलीकै छेऊमा बसेर अमेरिका आवत जावत गरेका सार्कका महासचिव अमजद हुसेनको टिकटको मुल्य नेपाली रुपैयाँ अनुसार १० लाख मात्रै परेको छ । यहाँ प्रधानमन्त्रीको टिकटमा मात्रै ८ लाख रुपैंया चलखेल भएको आशंका गर्न सकिन्छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको भिआइपी टिकट काटिएको बताइन्छ । तर यस अगाडी प्रधानमन्त्री शुशिल कोइराला प्रतिकुल स्वास्थ्य अवस्थाका वाबजुत पनि उनि इकोनोमी क्लाशमा यात्रा गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीको टिकट व्यवस्थापन गर्ने समुहले धेरै नै चलखेल गरेको बुझिन्छ । यसरी हेर्दा प्रधामन्त्रीको टोली अमेरिका जाँदा इत्तिहाद एयरलाइन्स र फर्कँदा किन कतार एयर लाइन्सबाट टिकट काटियो भन्ने प्रश्न समेत खडा भएको छ ।
यसैगरी प्रधानमन्त्रीको टोलीमा रहेका अन्य १६ जनालाई प्रत्येकको टिकटको मुल्य २ लाख २५ हजारका दरले ३६ लाख रुपैंया खर्च भएको छ । यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको टिकटको मुल्य अन्य १६ जना भन्दा बढी ४ लाख नेपाली रुपैंया खर्च भएको छ ।
मन्त्री ज्ञवाली र सल्लाहकार रिमाल इकोनोमी क्लासमै यात्रा गरेका हुन तर उनिहरुको टिकटको मुल्य चार लाख बढी परेको छ । यस्तै प्रधानमन्त्री पत्नीको टिकटका लागि आवत जावत गरेर नेपाली आठ लाख रुपैंया खर्च भएको छ । संयुक्त राष्ट्संघले प्रत्येक बर्ष ५ जनालाई मात्रै टिकट आवत जावतको व्यवस्थापन गर्ने गरेको छ ।
यसैगरी प्रधानमन्त्रीको टोलीले हरेक दिन ७ सय ५० अमेरिकी डलर अर्थात ८६ हजार दुई सय पचास रुपैंया भन्दा बढी खर्च पाउँछन । यसरी हेर्दा हालको बजार भाऊ अनुसार १९ जनाले १६ लाख ४१ हजार भन्दा बढ्ता रकम खर्च गरेर अमेरिकामा रात बिताएको पाईएको छ ।
प्रधामन्त्री केपी शर्मा ओली भिआईपी रुममा बसेर एक रातको चार हजार पाँच सय अमेरिकी डलर अर्थात पाँच लाख १७ हजार पाँच सय रुपैंया बराबरको खर्च गरेको देखिन्छ । भ्रमणका शिलशिलामा प्रधानमन्त्री ओली सुतेको मात्रै अमेरिकी बजारमा ११ लाख भन्दा बढ्ता रकम खर्च भयो । यसरी २१ जनाको टोलीलाई अमेरिकामा सुताए वापत मात्रै २१ करोड रुपैंया भन्दा बढी सरकारको ढुकुटीबाट खर्च भएको छ ।
यो त रह्यो टिकट र खानपिनको खर्च । यसैगरी राज्यको ढुकुटीबाट टोलीमा रहेका २१ जनालाई प्रत्येक दिनको २२५ अमेरिकी डलर भत्ता स्वरुप १३ दिन सम्म प्राप्त हुन्छ । यसलाई हिसाव गर्दा नेपाली रुपैयाँ करिब १ करोड बराबरको रकम भत्तामा गएको देखिन्छ ।
यसरी संयुक्त राष्ट्र संघमा नेपाली टोलीले प्रतिनिधित्व गर्दा सरकारी ढुकुटीबाट करिव २२ करोड ३५ लाख रुपैंया १३ दिनमा चैट् भएको छ । यो बाहिर देखिएको सोझो हिसाब मात्रै हो । यसमा अन्य मसलन्द र सवारी साधनको प्रयोगको खर्च भने बाहिर ल्याइएको छैन । बीचमा प्रधानमन्त्रीको टोली कोष्टारिका भ्रमण गरेको खर्च छुट्टै छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्