सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहाँ–कहाँबाट कति साट्न मिल्छ दशैंको नयाँ नोट

नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रति व्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताएका छन ।

प्रवक्ता पौडेलले भने–‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए ।

राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता पौडेलले बताएका छन । राष्ट्र बैंकका अनुसार नोट साट्दा थान मात्र साटिनेछ ।

नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्यकाबाहिर राष्ट्र बैंकका सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ ।

राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउनेछन् ।

राष्ट्र बैंकले दसैं लक्षित गरी ६३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा ल्याउन लागेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले नयाँ नोट सटहीका लागि १३ अर्ब रुपैयाँ र सरकारी खर्च, दसैं पेस्की लगायतका विभिन्न प्रकारका भुक्तानीका लागि ५० अर्ब रुपैयाँ गरी कुल ६३ अर्ब रुपैयाँ बजारमा ल्याउन लागिएको बताएका छन ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिनेछ । वाणिज्य बैंकले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड, बालाजु, सानोठिमी, विशाल बजार, गौशाला, कोटेश्वर, रामशाह पथ, रत्नपार्क र मंगलबजार नक्साल गायतका स्थानबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ ।

यसबाहेक संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक नोटका सय वटाको प्याकेट मात्र साटिनेछ ।

 

यो भिडियो पनि हेर्नुहोस एकपटक

करिब ४ महिना हुन लाग्यो पुतलीसडकस्थित स्टार मल अगाडीबाट कुमारी हलतर्फ जाने बाटो चोकमा यो ढल फुटेको बनाउने कुनै छाँट छैन । ठुलो पानी पर्यो कि नाला सबै सडकमा नदी झैँ बग्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्