रातोपुलमा भेटियो नक्कली नोट बनाउने कारखाना
बजारमा नक्कली नोटको बिगबिगी चलिरहेको बेला प्रहरीले काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना नै फेला पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरे पछि उनीहरूको रातोपुलमा नक्कली नोट बनाउने कारखाना फेला परेको हो ।
उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।
प्रहरीले कोठाबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोटसमेत बरामद गरेको छ । शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल साह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो । उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्