सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कता हराइन ‘कृ’ कि नायिका अदिति बुढाथोकी

अदिति बुढाथोकी जतिबेला अनमोल केसीको हिरोइन बनेर फिल्म ‘कृ’ खेल्दै थिईन त्यतिबेला उनको चर्चा निकै थियो । इस्टाग्राममा राम्रो फलोअर भएकी अदिति जब ‘कृ’ फिल्म रिलिज भयो त्यसपछि गुमनाम भईन ।

‘कृ’ फिल्मको रिलिज भएपछी उनी नेपाली फिल्म क्षेत्रमा कतै छैनन् । अर्थात उनलाई नेपालमा कसैले देखेको छैन । ‘कृ’ लगत्तै भारत हानिएकी उनी त्यता पनि इन्स्टाग्राममा मात्र सक्रिय थिइन ।

सदाझैँ उनको इन्स्टाग्राममा राखिएका हट फोटोले मिडियामा स्थान पाउँदै आएका थिए । तर, यो हप्ता उनको एउटा म्युजिक भिडियो सार्वजनिक भयो, जहाँ उनलाई भारतका चर्चित गायक मिलिन्द गावासँग भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ । यसले देखाउँछ, अदितिले अभिनयको योजना बिट मारेकी छैनन् ।

हेरौँ उनै नायिका अदितिका केही तस्विरहरुः

फेसबुकबाट कमेन्ट गर्नुहोस्