यौन सम्बन्ध पछी किन लाग्छ महिलालाई पछुतो ?
कसैसँग सामान्य यौन सम्बन्ध हुनुलाई प्राकृतिक प्रकृयाका रुपमा लिईन्छ । किनकि यसमा रुचि सँगसँगै सहमति पनि हुन्छ । सामान्य यौन सम्बन्धपछि प्रायः महिलाहरुमा पछूतोको भावना आउने गर्छ । यस्तो किन हुन्छ ?
हालसालै गरिएको एउटा नयाँ अध्ययनले यदि सम्भोगको लागि महिलाले पहल गर्छिन् र त्यसको आनन्द लिन्छिन् भने उनलाई कुनै पछूतो र खेदजनक भावना नआउने तथ्य पत्ता लगाएको छ ।
यसअघिको अध्ययनमा एक रातको सम्बन्धमा पुरुषहरुको तुलनामा महिलाहरुलाई ज्यादा पछूतो र नराम्रो लाग्ने बताइएको थियो । शोधकर्ताले नर्वेको एक विश्वविद्यालयमा ५ सय ४७ र अमेरिकाको विश्वविद्यालयमा २ सय १६ छात्रछात्रासँग यसबारे अध्ययन गरेको थियो ।
यसमध्ये कोही पनि समलिंगी थिएनन्, उनीहरुसँगको कुराकानीबाट धेरै कुरा पत्ता लागेको थियो । सामान्य यौन सम्बन्धमा पुरुष र महिलाको सोच नै फरक हुने गर्छ । यो अध्ययन अनुसार महिलालाई यदि उनको यौनसाथीले पूर्ण यौन सन्तुष्टि दिनसक्छ भने त्यस महिलालाई सम्भोगपछि कुनै पछूतो भावना आउँदैन ।
यो अध्ययनमा संलग्न सबै नर्वेको युनिभर्सिटी अफ साइ्रन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) र युनिभर्सिटी अफ टेक्सासका थिए । सबैको उमेर ३० भन्दा कम थियो । पहिलेको अध्ययनमा पुरुषको तुलनामा सामान्य सम्भोगमा महिलालाई कम पछूतो हुने बताइएको थियो ।
त्यसो त यौन सम्बन्धमा महिलाहरुलाई आफ्नो मर्जी हुँदा र नहुँदाको परिस्थितिले फरक पार्ने गर्छ । यदि सम्भोगको लागि दबाबमूलक निर्णय लिइयो भने त्यसले खेदजनक र पछूतो भावना हुने अध्ययनबाट पत्ता लागेको छ । त्यस्तै सम्भोगमा संलग्न पुरुष साथीको यौन क्षमताले पनि अर्थ राख्ने गर्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्