सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बर्बराएपछी प्लेनले ल्याउन मानेन निर्मलाका बुवालाई

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका आमाबुवा अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा थिए ।

सोही बेला निर्मला बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी थियो । यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए ।

महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी जोशी भट्टका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् ।

‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ,’ भट्टले भनिन्–‘अहिले एम्बुलेन्स खोज्ने प्रयास भइरहेको छ ।’ बालिका निर्मलाको बलत्कार गरी हत्या गरेको ४ महिना पुगिसक्दा पनि सरकारले घटनामा संलग्नको पहिचान गर्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्