सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

केटिसँग लाईभ भिडियोमा बोल्दै नेपालीद्वारा आत्महत्या

सामान्यतया आत्महत्या गर्नेहरूले सुसाईड नोट लेख्ने, निराशाजनक सन्देश पठाउने, आफन्त, साथीभाइ वा कसैले कुनै परोक्ष वा प्रत्यक्ष सूचना दिने गरेका धेरै घटनाहरू भेटिन्छन् । तर अमेरिकाको पश्चिम तटिय सहर सानफ्रानसिस्कोमा बसोबास गर्दै आएका एक नेपाली विद्यार्थीले आत्महत्या गर्नु अगाडि साथीलाई लाइभ भिडियोमा जोडेर मृत्युबरण गरेका छन् ।

सन्निभेल स्थित हाइल्याण्डर अपार्टमेन्टमा बसोबास गर्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार दिउसो साथीसँग लाइभ भिडियो वार्ता गर्दै आत्महत्या गरेका हुन् । परीक्षाको तयारीमा रहेकी साथीलाई लाइभ भिडियो जोडे । आफ्नै कोठामा बसेर कुराकानी गरिरहेका गणेशले आफ्नो मोबाइललाई साथीसँग लाइभ भिडियो मोडमा नै राखेर वार्ता गर्दै झुण्डिएर आत्महत्या गरे ।

उनीसँगै बसोबास गर्दै आएका कृष्णले दूरबिन नेपालसँग कुरा गर्दै भनेका छन्–‘पत्याउनै नसकिने । एकजना केटी विद्यार्थी साथीसँग भिडियो लाइभमा कुरा गर्दै आत्महत्या गरेछन् । लाइभ कुराकानी कै बिचमा गणेशले आत्महत्या गरे भन्दा मलाई पनि विश्वास लागिरहेको छैन । तर त्यो भिडियो प्रहरीले प्राप्त गरिसकेको छ ।’

गणेशले जीवनको अन्तिम लाइभ संवाद गरेकी केटी साथीसँग प्रहरीले आवश्यक जानकारी लिइसकेको छ । सनाखत, पोष्ट मार्टम र आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरेपछि शनिवार प्रहरीले गणेशको शव नेपालीहरूको स्थानीय संस्था सन्निसगरमाथा समाजलाई अन्तिम संस्कारका लागि बुझाउने भएको छ । गणेशका परिवारका सदस्यलाई अन्तिम संस्कारका लागि अमेरिका बोलाउने तयारी भइरहेको छ ।

नेपाली केटी विद्यार्थीसँग गणेशले परिवार भित्रको समस्याले आफू तनावमा परेको बताएका छन् । उनले नेपालमा मनपराएकी एक जना केटीसँग पारिवारिक नाता जोडिएपछि उनी तनावमा थिए । पछिल्लो समय गणेश सानफ्रानसिस्को साउथ बे एरिया रहेको सेभेसन्ट सिक्स ग्यास स्टेसनमा काम गर्दै आएका थिए ।

क्यालिफोर्निया आउनु अगाडि उनि मिनिसोटा स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत थिए । तीन वर्ष बिचमा चार जना नेपाली विद्यार्थीले सानफ्रानसिस्कोमा आत्महत्या गरिसकेका छन् । तीन महिना अगाडि गत सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हामफालेर आत्महत्या गरेका थिए ।

दुरबिननेपाल डट कमबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS