सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

धेरै रिसाउने मान्छेलाई हृदयघात (हर्ट अट्याक)को खतरा

हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ ।

धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा धेरै हुने अध्ययनको निस्कर्ष छ । धेरै रिसालु मानिसहरुलाई हृदयघात, पक्षघात र मुटुसम्बन्धी अन्य समस्याको जोखिम धेरै हुने पत्ता लागेको हो ।

रिस वा क्रोधले हाम्रो निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ । यसले कार्यक्षमता प्रभावित हुन्छ र यसले करियरमा पनि नकारात्मक असर पर्छ ।

शोधकर्ताहरुका अनुसार क्रोधको कारण मुटुमा गम्भिर असर पर्छ र यसले मानिसको अचानक मृत्यु पनि हुन सक्छ । त्यसैले हामीले आफ्नो रिस र क्रोधलाई काबुमा राखेर संयमित बन्नुपर्छ ।

क्रोधले मुटुको चालमा छिटो परिवर्तन ल्याउँछ र अचानक हृदयघातको कारण पनि बन्न सक्छ भन्ने तथ्य उक्त अध्ययनबाट पत्ता लाग्यो । यो जानकारी अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित रिपोर्टमा छ ।

अध्ययन टिमका प्रमुख येल युनिभर्सिटीका राशेल लेम्पर्टले यस सन्दर्भमा भनेका छन्, ‘यो धेरै महत्वपूर्ण शोध हो किनभने बल्ल हामीले रीस वा अन्य मानसिक तनावले मुटुको कार्यप्रणालीमा अचानक घातक परिवर्तन ल्याउँछ भन्ने बुझ्न थालेका छौं ।’

अध्ययनको लागि शोधकर्ताहरुले ६२ यस्ता बिरामीको अध्ययन गरेका थिए जसलाई कोरोनरी आर्टरी रोग थियो वा ती मानिसहरुलाई मानसिक तनावको स्थितीमा परिक्षण गरिएको थियो ।

राशेल लेम्पर्टले यो विषयमा अझै अध्ययन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । यसैगरी उक्त अध्ययनले मुटुका बिरामीहरुलाई रिस नियन्त्रण गर्ने प्रशिक्षण दिएमा अचानक हुने हृदयघातलाई रोक्न वा कम गर्न सकिने पनि देखाएको छ ।

अत्यधिक रिसको दुई मुख्य कारण वंशाणुगत वा शारीरिक संचरना हुन सक्छ । धेरै बच्चाहरु जन्मेदेखि नै रिसाहा हुन्छन् । मानिसको पारिवारिक पृष्ठभूमीले पनि रिसाहा बनाउन महत्वपूर्ण भूमिका निभाउने अध्ययनबाट पत्ता लाग्यो ।

कसैको परिवारका सदस्य विकृत मानसिकता, परिस्थितीलाई उल्झाउने र भावनात्मक संवादमा कमजोर भए भने उनीहरु धेरै छिटो क्रोधित हुन्छन् । तर, मानिस रिसाउनुका अन्य विभिन्न कारण पनि हुन सक्छन् ।

रिस कसरी नियन्त्रण गर्ने त ?
सामान्य रुपमा स्वस्थ खानपान, योगा र राम्रा मानिसहरुसँगको संगतले पनि रिसाउने समस्यालाई कम गर्न सकिन्छ । तर, छिटो रिसाउने समस्याको समाधानका लागि केही फिजियोलोजिकल परिक्षणहरु पनि गरिन्छ ।

यी शारीरिक परिक्षणले रिसको तिव्रता मापन गर्न सकिन्छ । यस प्रकारको परिक्षणबाट व्यक्ति रिसप्रति कति संवेदनशील छ र उनीहरुले यसलाई कसरी काबुमा राख्न सक्छन् भन्ने थाहा हुन्छ ।

यदि रिस अनियन्त्रित भयो भने यस्तो अवस्थामा मनोवैज्ञानिकको मद्धत लिन आवश्यक छ । मनोवैज्ञानिकहरुले तपाईंलाई रिस काबुमा राख्ने तरिकाहरु सिकाउँछन् । सामान्य रुपमा मनोवैज्ञानिकले रिसको स्थिती र सीमालाई पत्ता लगाएर तपाईंलाई सहायता गर्छन् ।
एजेन्सी

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS