सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परपुरुषसँग सम्भोग, श्रीमानसँग ११ बर्ष भयो नगरेको

जागिर गर्ने श्रीमतीहरूले बाहिरै परपुरूषसँग यौन सम्बन्ध राख्ने गरेकै कारण लोग्ने–स्वास्नीबीच प्रायः सेक्स नहुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । यो सर्वेक्षण नेपालमा गरिएको नभई जापानमा गरिएको हो ।

तर पनि मानविय स्वभाव र सामाजिक संरचना जहाँसुकैको भएपनि मेल खाने हुँदा नेपालका लागी पनि समय सान्दर्भिक हुने देखिएकाले यो जानकारीमूलक समाचार प्रकासन गरिएको हो ।

जापानी कण्डम निर्माता कम्पनी सागामी गोमुको एक सर्वेक्षणले जापानमा आधाजसो वैवाहिक सम्बन्धमा श्रीमानश्रीमतीबिच सम्भोग नहुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

जापानका धेरै कामकाजी महिलाहरूले कामको सिलसिलामा भेट हुने पुरूषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने तथ्य खुलेको हो ।

सर्वेक्षणमा सहभागी ५ सय जना ४० वर्ष उमेर समूहका महिलाहरूमध्ये ११ प्रतिशतले परपुरूषसँग सम्भोग गर्ने गरेको स्वीकारेका हुन् ।

त्यस्तै, १२ प्रतिशतले आफ्नो लोग्नेभन्दा बाहिरी पुरूषसँग सम्भोग गर्न मनपर्ने जवाफ दिए । केहीले नैतिक रूपमा परपुरूषसँगको सम्बन्धका बारेमा आफूले सोँच्न पनि नसक्ने बताएका थिए ।

१० प्रतिशतले त आफूले परपुरूषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डराउने गरेको जवाफ पनि दिएका छन् ।

परपुरूषसँग के–को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौनक्रिया गर्ने गरेको बताएका छन् । अध्ययन अनुसार २४ प्रतिशतले इन्टरनेट मार्फत् सम्बन्ध कायम गर्ने गरेका रहेछन् ।

साढे १८ प्रतिशत त आफ्ना भूपू ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुदा रहेछन् । परपुरूषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमानसँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिएका छन् ।

त्यसरी परपुरूषसँग सम्बन्ध राख्नेमध्ये ६८ प्रतिशतले यस्तो सम्बन्धका कारण आफूलाई कुनै पश्चाताप नरहेको बताएका छन् ।

नेपालमा वैदेशिक रोजगारीका कारण पारिवारिक रूपमा विभिन्न समस्या निम्तिएका घट्नाहरू सार्वजनिक भइरहेका बेला सागामी गोमुको यो रिपोर्ट सान्दर्भिक देखिएको छ ।

नेपालमा पछिल्लो समय श्रीमान विदेशमा रहेका महिलाहरू परपुरूषसँग लागेका थुप्रै घटनाहरू सार्वजनिक भइरहेका छन् । उसो त पुरुषहरु झन श्रीमती हुँदाहुँदै परस्त्रीसँग लाग्ने गरेको तपाई हामीले समाजमा देखे भोगकै घटना हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्