सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मलाई भालु, बेश्या भन्दा खुशि मिल्छ ?; प्रियंका

नेपालमा महिलाहरुलाई भालु भन्ने प्रचलन कहिलेबाट आएको हो त्यो थाहा भएन तर देह व्यापार गर्ने महिलाहरुलाई नेपाली समाजले भनौ अहिलेका युवा पुस्ताहरुले भालु भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । मेरो व्यक्तिगत विचारमा भालु एउटा जंगली जनावर हो, भालुसंग देह ब्यापार गर्ने महिलाहरुको कुनै सम्बन्ध रहेको देखिँदैन ।

आजभोली कसैले भालु भन्ने शब्द निकाल्यो भने हामी युवा पुस्ताको दिमागमा जंगली भालु नभई कुनै महिलाको चित्र बन्ने गर्छ । तर किन ? कुनै महिलाले आफ्नो मर्जीले समाजमा अपच्य काम गर्छिन भने भालुको के दोष ? के कुनै जमानामा भालुले यस्तै देह ब्यापार गर्थ्यो र ? किन भनिन्छ महिला हरुलाई भालु ?

बेश्या पेशामा लागेकालाई मात्र नेपालीहरुले भालु भन्ने गर्दैनौं, केहि समय पहिलेको समाचार हो नेपालकै बहुचर्चित नायिका प्रियंका कार्की लाई सामाजिक संजालमा भालु, बेश्या भनेर सम्बोधन गरेपछि उनले आफ्नो फेबुकमा स्ट्याटस लेखेरै विरोध गरेकी थिइन ।

प्रियंका कार्की र भालु बीच के सम्बन्ध छ ? के भालु प्रियंका कार्कीसंगै फिल्म खेल्छ र ? त्यसको जवाफ कसैसंग छैन । तरपनि भालु भन्ने शब्द हामीले प्रयोग गरि हाल्छौं !

देशको गहनाको रुपमा रहेको कलाकारहरु प्रति सामाजीक संजालहरुमा नकारात्मक टिप्पणीहरु बढ्न थालिरहेको बेला सामाजिक संजालमा अश्लिल गाली गर्ने अराजक ब्यक्तिलाई अभिनेत्री प्रियंका कार्कीले कडा जवाफ दिएकी छिन् ।

आफुले नयाँ बिषयबस्तुमा स्ट्याटस र चलचित्रका पोष्टर पोष्ट गर्दा अश्लिल गाली गर्ने गरेको भन्दै उनले कानुनी उपचार खोज्ने चेतावनी समेत दिएकी छिन् । सामाजिक सञ्जालमा बोल्न नमिल्ने शब्द प्रयोग गरिएपछि अभिनेत्री कार्कीले कलाकारको सम्मान गर्न आग्रह गरेकी छिन् ।

यस्तो छ उनको स्ट्याटस्ः
मेरो मनलाई रुवाउनेहरुका लागी; जब–जब म नया फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाइ ! के मैले कुनै प्रकरको चोट पुर्याए ? तपाईलाई ब्यक्तिगत रूपमा ठेस पुर्याए ?

रन्डी, भालु बेश्या जस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ? एकदम महान काम गरे झैँ लाग्छ हो ? हामी कलाकर दिन रात मेहेनत गर्छौ । घरी फिलिम शुटिङ, घरी कार्यक्रम । दशैँ, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाई मनोरंजन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौ ।

के को लागि ? यही आलोचना खप्नको लागि ? कति चित्त दुख्छ होला सोच्नुस । यहाँहरुको घरमा छोरी चेली छैनन ? एक पटक सोच्नुस त, तपाइको घरको दिदी बहिनी, आमा, भाउजू, छोरीहरु माथी यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाई कस्तो महसुस हुन्थ्यो ? ठिक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई ।

कहिले काँही मामुले फोन गरेर छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त ! छिटो डिलिट गर भन्नूहुन्छ । कति चित्त दुख्छ होला उहाँको । तपाइलाइ यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै न आउनुस । बरु ब्लक गर्नुस मलाइ तर अश्लील, जथाभावी कृपया न लेखि दिनुहोला । देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ । हामीले नगरे, कसले त ? यति भन्न चाहन्थे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्