फ्यानसँग फोटो खिच्दा महानायक हमाललाई हैरानी
शुक्रबार जापानको ओयामामा एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ एउटा म्युजिक च्यारिटी कार्यक्रम भयो । म्युजिकल कार्यक्रममा महानायक राजेश हमाल, स्टेज क्वीनका रुपमा चिनिने लोकदोहोरी गायिका प्रिति आले मगर र आधुनिक तथा लोकपप गायक हेमन्त शर्माको प्रस्तुती थियो ।
कार्यक्रममा जापानमा स्थापित लाफा मोन्स्टर ब्याण्ड, गायक हेमन्त शर्मा र गायिका प्रिति आलेले जति दर्शक दिर्घालाई गितमा उफ्रेर नाच्न बाध्य बनाए त्यति नै राजेश हमाललाई स्टेजमा देखेर दर्शकदिर्घामा रहेका फ्यानहरुले खुशिले गडगडाहट ताली बजाए ।
सामान्य सम्बोधनबाट स्टेजमा आफ्नो प्रस्तुतीको सुरुवात गरेका राजेश हमाललाई फ्यानहरुले उनकै फिल्मका चर्चित डायलगहरु नबोली सुखै दिएनन् । ‘साथीको लागी यो हात फलाम, दुस्मनको लागी यो हात फलाम’ लगायतका डायलगहरु बोलेर महानायक हमालले आफ्ना फ्यानलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा हमालले ‘बाँझो खेतमा’ र ‘रातो टिका निधारमा’ बोलको गितमा डान्स गर्दा दर्शक दिर्घामा रहेका फ्यानहरुले पनि तालीको गडगडाहटसँगै नाचेर साथ दिएका थिए । त्यसपछी महानायक हमालसंग फोटो खिच्ने आफ्ना फ्यानहरुको चाहना पुरा गर्न हम्मे हम्मे पर्यो ।
हेरौँ महानायक हमालले फ्यानहरुसँग खिचेका तस्विरहरुः












































फेसबुकबाट कमेन्ट गर्नुहोस्