गायिका प्रिति आलेलाई जापानमा फ्यानले घेरेपछी
प्रिति आले नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज क्वीनका रुपमा परिचित छिन् । जहाँ प्रिति आले जान्छिन, त्यहाँ दर्शकको मनले ननाची बस्न मान्दै मान्दैन । एकपछी अर्को बहुचर्चित धमाकेदार गितहरु गाएर श्रोता तथा दर्शकको मनमुटुमा बास बस्न सफल गायिका प्रिति आले मगर स्वदेशमा मात्रै होईन विदेशमा समेत रोजाईकी गायिका हुन् ।
फुल्यो बाँबरी, दोहोरी ब्याटल ओय केटा ओय, डाँडै माथी पिपल लगायतका दर्जनौँ गितहरु गाएर दर्शक श्रोताको अगाध मायाँ बटुल्न सफल गायिका आले शुक्रबार जापानको ओयामामा एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ आयोजित एउटा म्युजिक च्यारिटी कार्यक्रममा प्रस्तुत भईन ।
म्युजिकल कार्यक्रममा महानायक राजेश हमाल, आधुनिक गायक हेमन्त शर्मा र जापानमै जमेको नेपाली कलाकारहरुको लाफा मोन्स्टर ब्याण्डसँगै गायिका प्रिति आलेको पनि प्रस्तुती थियो । गायिका प्रिति आलेका गितले दर्शक दिर्घालाई जति उफ्रेर नाच्न बाध्य बनाउँछन् त्यति नै उनको नाच र हाउभाउले दर्शकको मन जित्छ ।
गायिका आले मगर गाउँदिनन् मात्रै उनी एउटा राम्रो डान्सर पनि हुन् । खासगरी उनको बेली डान्स देश बिदेशमा प्रख्यात छ । उनको कम्मर हल्लाईले दर्शकलाई आकर्षित गर्दछ । शुक्रबार पनि गायिका आले मगरले गितसँगै बेली डान्स प्रस्तुत गरेर आफ्ना फ्यानहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिईन ।
सांगितिक कार्यक्रम सकिएपछी पनि उनका फ्यानहरु उनीसँगै फोटो खिच्न तँछाडमछाड गरिरहेको थिए । गायिका आले मगर सहज रुपमा फोटो खिच्न प्रस्तुत भएको देखेर उनका फ्यानहरु खुशिले रमाएका थिए । हेरौँ उनै गायिका प्रिति आलेसँग उनका फ्यानहरुले खिचेका केही तस्विरहरुः






















फेसबुकबाट कमेन्ट गर्नुहोस्