सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलत्कारी नपक्रने, आफुखुशी होटल बसेका जोडी पक्रने: ज्योती

चर्चा र बिबादका कारण लाइमलाइटमा आईरहने लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन । ठूलाबडाले ठूला–ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन् ।

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु;ख दिने अधिकार नभएको उनको तर्क थियो । मन मिलेर होटलमा गएर बसेको जोडीलाई अपराधी झैँ मिडियाबाजी गरेर व्यक्तिगत अधिकारमाथी अन्याय भएको ज्योतिको भनाई थियो ।

चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन सन्धिखर्क पुगेकी ज्योतिले यस्तो बताएकी हुन् । ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो । उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन् ।

उनले भनिन्–‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ । यसैमा खुशी छु ।’

लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन्छ ? भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन् । महोत्सवमा ज्योती मगर, पुषोतम पौडेल, धावा लामा, इन्द्रिरा गैरै, सुनिल गिरी लगायतका कलाकारले आ–आफनो प्रस्तूति दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्