सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

लांघाली साँझमा झुमे जापानको तोचिगीबासी नेपाली

जापान यसै पनि समयको पल पल हिसाब गरिने ठाउँ हो । पैसा कमाउन जापान छिरेका नेपालीहरु पनि समयको पाउबन्दीमा नबाँधिएर सुखै छैन । हप्ताभरी काममा ब्यस्त रहने तोचिगीबासी नेपाली समुदाय आईतबारको बिदामा भने एउटा सांस्कृतिक कार्यक्रममा रमाए अनि झुमे ।

उता घरदेशमा परिवार र आफन्तले माघे सक्रान्ति मनाईरहँदा यता परदेशमा नियास्रो मानिरहेका नेपाली समुदायलाई माघे सक्रान्तिको यो झल्को मेट्ने अवसर जुराइदियो मगर संघ तोचिगीले । दुईचार दिन ढिलै भए पनि चाडपर्वको झल्को मेटियोस् र परदेशमै भएपनि संस्कृति मनाउने परम्परा नछुटोस् भनेर मगर संघले यो चाँजोपाँजो मिलाएको थियो ।

आईतबार जापानको तोचिगीमा रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा आयोजना गरिएको माघे सक्रान्ति लांघाली साँझ–२०७५ मा नेपालीहरुको बाक्लै जमघट भयो । सहभागीहरुले माघे सक्रान्ति बिशेष परिकारको स्वाद लिन पाए भने नेपाली मौलिक पञ्चेबाजा, कौडा गित तथा नृत्य, कलाकारहरुको सांगितिक प्रस्तुतीको भरपुर मनोरञ्जन प्राप्त गरे ।

स्टेजमा चर्चित पोखरेली गायक सर्वज्ञमान शाक्यले गुरुङ भाषाको गित ‘रिमै थुमै प्रेतना रोधीरी’ गित गाउन सुरु गर्दा दर्शक दिर्घामा रहेकाहरु बसिरहन सकेनन् । रिमै थुमै गितबाट नचाउन सुरु गरेका गायक सर्वज्ञमान शाक्यले वियोगान्त प्याटर्नको गित ‘…अनि गजलकार भएँ म’ गित गाउँदा पनि सहभागीहरु उफ्रीन छाडेनन् । उनले दुईदुई पटकसम्म गित गाउन परेको थियो ।

अर्का पुर्वेली गायक नबिन दाहालले पनि पुर्वे भाकाहरु गाएर दर्शक दिर्घालाई मन्त्रमुग्ध पारेका थिए । उसो त लाफा मोन्स्टर ब्याण्डको प्रस्तुती पनि धमाकेदार थियो । बिना थापा मगरको कौडा नृत्य र स्मृती पुनको नृत्यका साथै देउराली पञ्चेबाजा समुहको प्रस्तुतीले पनि दर्शक दिर्घालाई मनोरञ्जन प्रदान गरेको थियो ।

मगर संघ तोचिगी क्षेत्रिय समितिका अध्यक्ष शिव थापाको सभापतित्वमा भएको कार्यक्रममा मगर संघ जापानका केन्द्रिय अध्यक्ष नबिन थापा मगर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी थापाले मगर समुदाय र आम नेपाली परदेशमा जहाँ रहेपनि आफ्नो संस्कृति र संस्कार बचाईराख्नुपर्ने बताएका थिए ।

बिशिष्ट अतिथीको रुपमा रहेका एसएमएस कर्पोरेसनका सञ्चालक सदस्य सुरेन अधिकारीले मगर संघले माघे सक्रान्ति बिशेष कार्यक्रम गरेर तोचिगीबासी नेपालीहरुलाई नेपाली मौलिक चाडको सम्झना ताजा बनाएको बताएका थिए । उनले जापानबासी नेपालीहरु मौलिक चाडपर्वको जगेनार्थ एकजुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा मगर संघ क्षेत्रिय समिति जापानका अध्यक्ष रित राना मगर बिशिष्ट अतिथीका रुपमा थिए भने मगर संघ जापानका सल्लाहकार किरण थापा मगर, लाफा क्लवका अध्यक्ष मनोज गुरुङ, शेर्पा संघ तोचिगीका अध्यक्ष डेनी शेर्पा, पुर्वी नेपाल विकास सहकार्य केन्द्रका तोचिगीका संयोजक सरोज भेटवाल, तमुधीँ तोचिगीका अध्यक्ष लाल प्रसाद गुरुङ लगायत अतिथीको रुपमा थिए । कार्यक्रमलाई मगर संघ तोचिगीका पुर्वसचिव उमेश बुर्जा मगरले सञ्चालन गरेका थिए ।

‘माघे सक्रान्ति लांघाली साँझ–२०७५’ लाई जापानमै पहिलो र एकमात्र नेपालीको हाकेन कम्पनी एसएमएस कर्पोरेशनले बिशेष सहयोग गरेको थियो । त्यस्तै तोचिगीमा रहेको लाफा स्पोर्टस् बार एण्ड ग्रिल, ओहिरासितामा रहेको शेर्पा रेष्टुरेन्ट र युकीमा रहेको हिमालयन एसिएन डाईनिङ एण्ड बार पनि सहयोगीको रुपमा रहेका थिए ।

त्यस्तै ओयामामा रहेको नमस्ते रेष्टुरेन्ट एण्ड हलाल फुड, तोचिगीमा रहेको नेपाली फुड एण्ड बार, टोक्योको लिटिल बुद्ध रेष्टुरेन्ट, तोचिगीको दारुमा हलाल, सुनिता हलाल, सरोज भेटवाल, किरण थापा मगर, नव बुद्ध रेष्टुरेन्ट, लाफा क्लव र लाफा मार्ट लगायत पनि सहयोगीको रुपमा रहेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS