श्रीमतीसँग झगडा हुँदा आफैमाथी बन्दुकको गोली
उदयपुरका एक युवाले श्रीमतीसँग झगडा भएपछी आफैलाई गोली हानी आत्महत्या गर्ने प्रयास गरेका छन् । रौतामाई गाउँपालिका वडा नम्बर ५ का ३८ वर्षीय निरबहादुर राईले श्रीमतीसँग सामान्य विवाद भएपछी आफैलाई बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएका हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/nir-bahadur-rai-1024x740.jpg)
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार राईले श्रीमतीसँगको सामान्य भनाभनमै आवेगमा आएर आफैले बन्दुक प्रहार गरेका हुन् । डिएसपी रानाभाटका अनुसार राईले शनिबार दिउसो बन्दुक प्रहार गरेका हुन ।
डिएसपी रानाभाटका भनेका छन्–‘घाईते राईको छातीमा ठूलो घाउ छ । घाईते राईलाई स्थानीयले उपचार्थ जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।’ जिल्ला अस्पतालमा प्राथामिक उपचार पश्चात राईलाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । प्रहरीले बन्दुक बरामद गरि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्