सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विप्लव देशभक्त, प्रतिबन्धको प्रतिवाद हुन्छः रेखा

कलाकार रेखा थापाले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्धको प्रतिवाद हुने बताएकी छन् । बुधबार बिहान ट्वीट गर्दै उनले सरकारले जबर्जस्ती युद्ध थोपर्न थालेको उल्लेख गरेकी छन् ।

नायिका थापाले ट्वीटरमा लेखेकी छिन्–‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त ‘विप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’

थापाले अगाडी लेखेकी छन्–‘सरकारले जनातामाथि जबरजस्ती युद्ध लाद्न खोजी रहेको छ, जून कÞुरा दुर्भाग्यपूर्ण हुनेछ । आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो !’ थापा केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्