प्रेमीसँग होटलमा संगै सुतेकी युवतीको हत्या
राजधानीको टोखा नगरपालिका–९ मिलन टोल स्थित एक गेष्ट हाउसमा हातखुट्टा बाँधेको अवस्थामा एक युवतीको शव फेला परेको छ । मिलन टोल स्थित भुमेश्वरी गेष्ट हाउसमा नाम–थर खुल्न नसकेकी अन्दाजी २२ बर्षीया युवतीको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।
उक्त गेष्ट हाउमा बिहीबार आगन्तुक पुस्तिकामा दाङ घोराही नगरपालिका–१ बस्ने २६ बर्षीय विकास वली भनी नाम–थर टिपाएका व्यक्तिसँग आएकी ती युवती गेष्ट हाउसको २ सय ३ नम्वर कोठा बुकिङ गरी बसेको बताईएको छ ।
शुक्रबार गेष्ट हाउस संचालक बिल लिएर जाँदा कोठाभित्र मुख र खुट्टामा रूमालले बाँधेको अबस्थामा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । फरार भएका वलीको खोजतलास गर्नुको साथै घट्नाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्