सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एप्पलको नयाँ फोन आईफोन ११ को डिजाईन लिक भयो

आइफोन ११ (Iphone-11) बजारमा आउने समय नजिकिँदै जाँदा त्यसबारेमा समाचारहरु आउन सुरु भएको छ । एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो नयाँ प्रोडक्ट आइफोन ११ (Iphone-11) सार्वजनिक गर्ने योजना बनाएको छ ।

अहिले आइफोन ११ को डिजाइन मात्र लिक भएको छ, तर अन्य आधिकारिक जानकारी भने गराइएको छैन । मिस्टर ह्वाइट नामक इन्डस्ट्री इन्साइडरले धेरै पहिल्यैदेखि एप्पलका प्रोडक्टको डिटेल्सहरु सार्वजनिक हुनुपूर्व लिक गर्दै आएको छ ।

भर्खरै सार्वजनिक भएको एप्पलको एयरपड्सको पनि केही जानकारी लिक गरेको थियो, जुन सत्य सावित भएको छ । अहिले आएर आइफोन ११ को डिजाइनलाई पोष्ट गरेको छ ।

यस डिजाइनमा मोटो प्रकारको चेसिस देखाइएको छ र यो आइफोन जस्तै देखिएको छ । अहिले यसमा त्रिपल क्यामेरा सेटअपलाई देखाइएको छ । टप कर्नरमा तीन वटा सर्कुलर कटआउट र दुई स्क्वाएर कट देखाइएको छ ।

यो भन्दा पहिल्यै पनि आइफोन ११ (Iphone-11)को कथित डिजाइन लिक भएको थियो, जुन निकै आश्चर्यजनक छ । क्यामेरा सेटअप एक बम्पर जस्तो देखिएको छ, जुन निकै पुरानो डिजाइन भएको आँकलन गर्न सकिन्छ । यस डिजाइनमा स्मार्टफोनको रियर प्यानलको कर्नरमा तीन वटा क्यामेरा सेटअप छ ।

आइफोन ११ को ब्याट्री पछिल्लो आइफोनको तुलनामा निकै फावरफुल हुनेछ । यसका साथै कम्पनीले आइडी र वायरलेस चार्जिङलाई पनि अपग्रेड गर्नसक्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्