सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चलचित्र ‘साईँली’ अप्रिल १४ मा जापानको तोचिगीमा

हेमन्त रानाको बहुचर्चित गित ‘सुन साईँली’ को चर्चा र कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘साईँली’ यतिबेला नेपालका हलहरुमा लागिरहेको छ । औसत ब्यापार गरिरहेको यही ‘साईँली’ चलचित्र जापानको तोचिगी सिटीमा पनि प्रर्दशन हुने भएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा आफ्नो परिवारको ऋण तिर्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा परेका ३० वर्षीय पिताम्बर थापा (साईँला) तथा २५ वर्षीय माया थापामगर (साइँली) को अन्तरजातीय प्रेम जीवनमा आउने उत्तारचढाव एवं बाधाहरूलाई समेटिएको छ ।

चलचित्रमा सुखद् भविष्यको कल्पना गर्ने प्रेमिल जोडीको रुपमा सुन साईँली गितमै अभिनय गरेका नायक गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ । चलचित्रमा दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की, सरोज अर्याल, अरुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।

विशाल गुरुङ तथा मोहन रानामगरले निर्माण गरेको चलचित्र साइँलीका सह–निर्माता विजय अवाले, विकास पुजाज तथा शुभेच्छा केसी हुन् । यही चलचित्र साईँलीलाई जापानको तोचिगीमा बस्दै आएका ज्याक्की, राम, विकास र निर्दोस मिलेर तोचिगीमा प्रर्दसन गर्न लागेका हुन् ।

तोचिगीमा रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा चलचित्र देखाईने आयोजक मध्येका एक निर्दोस गुरुङले जानकारी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार चलचित्र अप्रिल १४ तारिख आईतबारका दिन दिउँसो ३ बजेदेखी ६ बजेसम्म प्रर्दशन हुनेछ । गुरुङले नेपाली चलचित्रलाई मायाँ गर्ने तोचिगीबासी सबै नेपालीलाई चलचित्र हेर्न आईदिनका लागी पनि आग्रह गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्