बडिगाडमा बन्दै गरेको पक्की पुल बिचबाट भाँचियो
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणा हुँदै गरेको पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको गुल्मीस्थित इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।
घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर रानालाई पोखरा रिफर गरिएको छ । दुर्घटनामा मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएकम छन् ।

शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो । ५५ मिटर लामो पक्की पुल ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिएका छन् ।

इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुनसक्ने वडाध्यक्ष काफ्लेको आशंका छ । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुल निर्माण गरिरहेको थियो । गत वर्ष सोही स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि पक्की पुलको निर्माण थालिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्