पुर्व मिस नेपाल अश्मि भारतीय गायक सनमको प्रेममा
सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् ।
अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

यसका साथै गायक सनम पुरीले पनि अश्मिसँगको आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा पोष्ट गरेका छन् ।
प्रशंसकले उनीहरुको उक्त तस्बिरलाई निकै प्रशंसा गर्दै शुभकामना दिएका छन् । सनम पुरी विशेषतः पुराना गीतको कभरका लागि चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्