सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारी कर्मचारीको तलव २० प्रतिसत बढ्यो

सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ । बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् ।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ ।

पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन् । सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो । शिक्षक, कर्मचारी, सेना, पुलिस लगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्