विवाह मण्डपमा पब्जी खेल्ने बेहुला भाईरल
पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । पब्जी खेल्दा खेल्दै मृत्यु भएको, परिक्षा दिनै भुलेको आदी इत्यादी समाचारहरु प्राय आइनैरहन्छन् । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए ।
युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ । बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको देखिन्छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/06/pubg-marrige-1024x709.jpg)
फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् । उक्त भिडियो १० लाख आसपास दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।
त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खेल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो । यस्तैमा पछिल्लो केही दिनयता विवाह मण्डपमै पब्जी खेलिरहेको भिडियोले चर्चा पाएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्