सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

करोडको यात्रा तय गर्दै वसन्त र लक्ष्मीको ‘लोभी आँखा’

लोकदोहोरी गित ‘लोभी आँखा’ यतिबेला चर्चाको शिखरमा छ । युट्युवमा करोड भिउअर्सको यात्रामा लम्कीरहेको यो गितलाई हिट बनाउनुमा टिकटक प्रयोगकर्ताको ठुलो हात छ । यो कुरालाई स्वयं गितका सर्जकहरुले पनि स्विकार गरेका छन् ।

नेपाली संगित क्षेत्रमा अब्बल मानिएका कलाकारहरुको सहकार्यले यो गितको मौलिकता र सौन्दर्यतालाई मजबुत बनाएको छ । गितकार कृष्ण केसीले नेपाली समाजका मौलीक शब्दलाई टपक्क टिपेर गितलाई आम दर्शक र श्रोताले ‘मेरो हो’ भन्न सक्ने बनाएका छन् ।

बसन्त थापाको संगित र आशिस अविरलको संगित संयोजनले गितलाई निकै सुमधुर बनाएको छ । बसन्त थापा र लक्ष्मी मल्लको स्वरलाई आम दर्शक श्रोताले रुचाएका छन् । गितको भिडियोमा पुष्प खड्का र सिल्पा पोखरेलको नृत्य र अभिनय झन दमदार छ ।

गितलाई शिव विकले निर्देशन गरेका छन भने गितको व्यवस्थापकीय पाटो संगितकार श्रीकृष्ण बम मल्लले सम्हालेका छन् । गित चर्चामा आएपछी गायक बसन्त थापा र गायिका लक्ष्मी मल्ललाई यतिबेला मिडियालाई अन्र्तवार्ता दिन भ्याईनभ्याई छ ।

यही ब्यस्तताका बापजुत् हामीले ‘लोभी आँखा’ गितका गायक तथा संगितकार बसन्त थापा, गायिका लक्ष्मी मल्लका साथै संगितकार र ‘लोभी आँखा’ गितका ब्यवस्थापक श्रीकृष्ण बम मल्लसँग रमाईलो कुराकानी गरेका छौँ । कुराकानी तपाई माथीको भिडियोमा हेर्नसक्नुहुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्