एसईईमा ‘ए प्लस’ नआएपछी किशोरीद्धारा आत्महत्या
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/06/sadikshya-paudel-suicide-in-balambu-1024x877.jpg)
परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताएका छन् ।
प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गर्न पठाइएको छ । बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्