सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यीनै हुन् श्रीमतीको कुटेर हत्या गर्ने व्यक्ती

बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताएका छन् ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको भारतीले जानकारी दिएका छन् । उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्