अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु
अर्घाखाँचीको सुपाखोलामा एकाबिहानै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको हो । बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले उद्दार जारी छ । घटनाको पुर्ण विवरण आउन बाँकी नै छ ।
फोटो तथा समाचार स्रोतः अन्नपुर्णपोष्ट
फेसबुकबाट कमेन्ट गर्नुहोस्