सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीलाई एक्कासी पखाला लागेपछी यस्तो भयो

खुंखार ‘डन’ पृष्ठभूमिका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे विहीबार पोखराबाट सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । पूर्वमाओवादी नेता देवेन्द्र पराजुलीको टीम पनि विहीबारै काठमाडौंबाट नेकपामा प्रवेश गर्ने कार्यक्रम थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पखाला चलेका कारण पराजुलीको पार्टी प्रवेश कार्यक्रम शुक्रबारका लागी सरेको छ ।

पूर्वअखिल अध्यक्षसमेत रहेका नेता पराजुली माओवादी भित्रका सादगी एवं इमान्दार नेताको छवि बनाएका व्यक्ति हुन् । माओवादीमा सुरुदेखि नै उनी डा. बाबुराम भट्टराईको पक्षमा उभिए ।

डा. भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि पराजुलीले साथ दिए । तर, डा. भट्टराईले उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि पराजुली पूर्वमन्त्री कल्पना धमलासमेतको टीम लिएर नेकपामा प्रवेश गर्न लागेका छन् ।

शुक्रबार उनी नेकपामा प्रवेश गर्ने कार्यक्रम छ । ‘भ्रममा किन पार्नुर्पयो र, अरिंगालको हुलमा छिर्ने भइयो, ठट्यौली पारामा कुराकानी गर्दै पराजुलीले भनेका छन्, ‘यो विचित्रकै हो, माछा, भ्यागुता, बिच्छी सबै एउटै ठाउँमा !’

डन दिपक मनाङे र तपाईको अब पार्टीको ग्राउण्ड त एउटै भयो नि ? भन्ने जिज्ञासामा उनले लामो हाँसो हाँस्दै भनेका छन्–‘अब के भन्ने खै यो त । जे होस्, एउटै टीममा हुने भइयो । तर, अब उनलाई सोसाइटीले हेर्ने र मलाई हेर्ने दृष्टिकोण फरक हुन्छ, त्यत्ति हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्