संगै रुने संगै हाँस्ने एउटा साथी छः सम्झना
सानै उमेरमा बाबाले कान्छि श्रीमती ल्याएर छुट्टै बस्न थाले । अनि सम्झना श्री र उनकी आमा घरमा एक्लै भए । एक्ली आमाले ज्याला मजदुरी गरी पालनपोषण गरिन, हुर्कान बढाईन र पढाईन ।
सानै देखीको गित गाउने हुटहुटी र रहरले एसईईको परिक्षापछी सम्झनालाई बाजुरादेखी काठमाण्डौसम्म पुर्यायो । काठमाण्डौमा आफन्तको रेखदेखमा रहेकी सम्झनाले दुई तिन ओटा गित पनि रेकर्ड गराईसकेकी छिन् ।
उनको सुमधुर स्वर यतिबेला सामाजिक सञ्जाल र युट्युवहरुमा भाईरल भईरहेको छ । गित गाएरै आफ्नी आमालाई पाल्ने सपना देखेकी सम्झना श्रीसँग एभरेष्टवाल टिभिले गरेको कुराकानी हेर्नुहोस् तलको भिडियोमा ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्