१५ बर्षिया कुसुमको उपचारमा आर्थिक समस्या
एउटा सामान्य परिवार तर पनि खेती किसानी गर्दै सुख दुःख जीविका चलेकै थियो । तर गएको आइतबार स्याङ्जा हरिनाश गाउँपालिका वडा न–३ निवासी डोलराज मल्लको परिवारमा ठुलो बज्रपात आइपरेको छ ।
भर्खरै जीवनको एकाली चढ्दै गरेकी १५ बर्षिय छोरी कुसुम मल्ल घाँस झार्न रुखमा चढेको बेला अचानक रुखबाट खसेपछी मल्ल परिवारमा बज्र आईपरेको हो । भर्खरै एसईई परिक्षा उतिर्ण गरेकी कुसुमले सफलताको खुसी समेत साट्न नपाउँदै यस्तो दुःखद घटनाको सामना गर्नुपरेको छ ।
घास झार्न चढेको रुखबाट झरेपछी कुसुमको ढाड भाँच्चिएको छ । लडेर घाईते भएपछी कुसुमलाई पोखरास्थित मणिपाल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ । भाँचिएको ढाडको शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारमा लाग्ने खर्च जुटाउन नसक्दा उनको उपचारमा समस्या भएको छ ।
कुसुमको उपचारका लागी कम्तीमा ४ लाख जति खर्च लाग्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । कुसुमको उपचारमा आर्थिक अभाव भएपछी उनको परिवार र आफन्तले सामाजिक सञ्जाल तथा सहयोगी संस्थासँग सहयोगका लागी अपिल गरिरहेका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/07/kusum-malla-1024x1002.jpg)
आफुसंगै एसइई परिक्षा उतिर्ण भएका साथीहरु कुन विषय पढ्ने र कुन क्याम्पस पढ्ने भनेर भविष्यबारे योजना बनाईरहँदा यता कुसुम भने अस्पतालको शैयामा बस्नुपर्दा उनको लक्ष्य र सपना अन्यौलपुर्ण बनेको छ ।
उपचारत कुसुम अझै दुई महिना अस्पताल बस्नुपर्ने चिकित्सकहरुले बताएको उनका बुवा डोलराज मल्लले बताएका छन् । कुसुमका बुवा मल्लका अनुसार उनको उपचारमा हालसम्म करिब २ लाख ५० हजार खर्च भइसकेको छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/07/kusum-malla-before-1024x683.jpg)
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन नसकेको उनले दुखेसो गरेका छन् । देश तथा विदेशमा रहेकाहरुलाई सकेको आर्थिक सहयोग गर्न परिवारले अपिल गरेको छ । सहयोगका लागि कुसुमका बुवाको फोन नं ९८१६१७८९३८ मा सम्पर्क गर्न परिवारजनले अपिल गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्