भक्तपुर केन्द्र बनाएर ठुलो भुकम्पको धक्का
शनिबार दिउँसो भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको पुष्टि गरेका छन् ।
उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताएका छन् । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रले पराकम्प भएकाले नआत्तिन सर्बसाधारणलाई अपिल गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्