सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माफी मागेपछी छवि र सिल्पाबिच कुरा मिल्यो

श्रीमान छवि ओझाले माफी मागेपछी नायिका शिल्पा पोखरेल र ओझाबिचको बिबाद सहमतीमा टुंगिएको छ । सिल्पाले श्रीमान् छवी ओझाले आफुलाई कानको जाली फुट्ने गरी कुटेको भन्दै छबि विरूद्ध प्रहरीमा उजुरी दिएकी थिईन ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुर्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यस क्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।

Shilpa pokharel and chhabi ojha

डिएसपी बोगटीले भनेका छन्–‘उहाँहरुले सहमति गर्नु भयो । यो सँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।’ पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन ।

त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ । दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन् बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्