छवि र शिल्पाको सम्बन्ध बारे बोलिन करिश्मा
एक टेलिभिजन अन्र्तवार्तामा बोल्दै शिल्पाले ३ बर्ष देखि श्रीमानबाट अन्याय भोग्दै आएको र अब सहनै नसक्ने अवस्था आएकाले सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी छिन । श्रीमान छविले आफुलाई शंका गर्दै आएको र मानसिक तथा शारिरीक तनाव दिएको आरोप लगाएकी छिन् ।
शंकाको कारण श्रीमानको घरेलु हिं*सामा परेको दावी उनको छ । त्यसपछि उनको पक्ष र विपक्षमा सिने जगत अभिईरहेको छ । यही बीचमा आफु बलियो हुन् आग्रह गर्दै शिल्पाको साथमा रहेको चर्चित नायिका करिश्मा मानन्धरले बताएकी छन् ।
छबिले विभिन्न मिडियाहरुमा आफ्नो गल्ति नभएको स्पस्टिकरण दिरहेको बिषय झुटो अभिव्यक्ति दिइरहेको बताउँदै बिगतका श्रीमतीहरुलाई पनि अ*न्याय गर्दै आएको शिल्पाले बताएकी छन् ।
छबि ओझाको पुर्ब पत्नी गितान्जली श्रीमान ओझाकै कारण डिप्रेसनमा परेर आत्मह*त्या गरेको दाबि शिल्पाको छ । त्यस्तै रेखा थापालाइ पनि अन्याय गर्दा छुट्टै बसेको दाबि पनि शिल्पाले गरिन् र अब आफुले पनि छबिसँगको बैबाहिक सम्बन्धलाई टुंग्याउने बताएकी छिन् ।
छविको दुब्र्यबहारलाई ३ बर्ष सम्म सहँदै आएकोले आफुलाई धेरै गाह्रो भएको भन्दै अन्र्तवार्तामै शिल्पा राएकी थिईन । बिगतमा समस्या आउँदा मिल्न प्रोत्साहन दिएकै कारण तिन बर्षहरु बिते तर अब मिल्न नसक्ने शिल्पाले बताएकी छिन् ।
शिल्पाले भनिन–‘मिल्नुस भन्नेलाई म त्यहि भन्न चाहान्छु । अब म सक्दिन बस्न । मैल डिभोर्सको फाइल गरिसकेको छु । छबिजीले अहिले मिडियामा गएर धेरै आरोप लगाउनु भएको छ ।’ सामाजिक सञ्जालमा घरायसी कुरा नमिलाएर किन पुलिसमा गएको ? भन्नेहरुलाई शिल्पाले भाबुक जबाफ दिएकी छन् ।
उनले भनेकी छिन्–‘मैले छबिजिको लागि कति गरेको छु त्यो मलाइ थाहा छ, मलाई थोरै जनाले सपोर्ट गर्नु भएको छ । मलाई नराम्रो कमेन्टहरु आएको छ, मलाई पिर परेको छ अनि म बोले नी त । ३ बर्ष म चुप लागेको थिए, अब म म*र्नु ? मलाई धेरै गाह्रो भयो, त्यसकारण म पुलिसकोमा गएँ ।
मेरो ममी ड्याडीको धेरै इज्जत छ, बिराटनगरमा । त्यहि इज्जतको बारेमा सोच्दा सोच्दै ३ बर्ष सम्म चुप लागेर बसेँ, त्यसरी बस्नु नै गल्ति भयो । जसको कारण छबि जीको हिम्मत बढेको बढ्यै भयो । मान्छे लगाएर मा*र्छु भनेर जिबनको सुरक्षा नभए पछि बाध्य भएर पुलिसकोमा गएको बताएकी छिन् ।
जन्म दिने आमाबाबु भन्दा माथि राखेर माया गरेको मान्छेले नै आफुलाई मा*र्न थालेपछि घरबाट निस्केको बताईन । निस्किसके पछि पनि छबिको फोन आउँछ कि भनेर पर्खेर बसेको तर फोन नआएको उनले सुनाइन । भोलि पल्ट छबिको फेसबुक खोलेर हेर्न खोज्दा ब्लग गरिसकेको समेत शिल्पाले बताएकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्