ब्युटी क्वीन नायिका केकीको जिमवाला ज्यान
सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी नायिका केकी अधिकारीले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन् । अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन् ।
सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले आफ्नो फिटनेस रहस्य (जुम्बा र योग आलोपालो गर्छु) बताएकी छिन् । थोरै मात्र हेलचेक्य्राइँ र्गयो भने त्यसको असर देखिहाल्ने खालको जीउ छ, मेरो ।
त्यसमाथि मेरो शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ । यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेकी छु । सुटिङमा हाम्रो फिजिकल मुभमेन्ट धेरै हुन्छ । गीत, फाइट कति कुरामा शरीर छरितो बनाउनुपर्ने हुन्छ ।
शरीर फिट र फ्लेक्जिबल बनाउन पनि जिम जाने गरेकी छु । जिम जान थालेको छ वर्षजति भयो । काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी छु । त्यहाँ जिम मात्र होइन, जुम्बा र योग पनि गर्न पाइन्छ ।
मैले योग र जुम्बा आलोपालो गरी गर्ने गरेकी छु । हप्ताको तीन दिन जुम्बा गरेँ भने बाँकी तीन दिन योग गर्छु । सुटिङ छैन र बिहान अरू काम छैन भने जिममा कम्तीमा दुई घण्टा बिताउँछु ।
जिम गइसकेपछि कार्डियोबाट मेरो जिम सुरु हुन्छ । २० मिनेटदेखि आधा घण्टासम्म कार्डियो गर्छु । त्यसपछि १५–२० मिनेट वेट लिफ्टिङ गर्छु । केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु ।
जुम्बामा त बचेको गीतमा झ्याम–झ्याम नाचिन्छ । तर, योग गर्दा चाहिँ अनुलोम–विलोम र कपालभाँती गर्छु । सुटिङ परेको छ भने यही अभ्यास आधा घण्टामा सकाउँछु । तर, जिम जान चाहिँ छुटाउँदिनँ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्