सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व मिस नेपाल श्रृंखला खतिवडाको प्रेम चर्चा

केहि दिन देखि सामाजिक संजाल निक्कै तातेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सार्वजनिक भए संगै साम्राज्ञीको चर्चाले सामाजिक संजाल तातेको हो । इण्डोनेसीयामा एक युवकसंगको अंतरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इण्डोनेसीयामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् । साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो ।

Shrinkhala Khatiwada

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेम को चर्चा समेत शुरु भएको छ । सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाले टर्कीमा भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो ।

तस्बिरमा श्रृङ्खलाले सिसनको काँधमा टाउको अडेस लगाएर उनको टाउकोमा हात राखेकी छन् । यहि फोटोसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको हो । शिसन एक युट्युबर हुन् ।

उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा भिडियो समेत बनाएका थिए । तर सिसन र शृंखलाले भने तस्विरमा देखिएको सामिप्यतालाई आधिकारिक रुपमा स्वीकार गरिसकेका छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्