सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बहुप्रतिक्षित फिल्म ‘लव डायरिज’ असोज १५ मा

निकै आशा गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लव डायरिज’ को पहिलो गित सार्वजनिक भईसकेको छ । प्रदर्शनको मिति समेत सार्बजनिक गरिसकेको चलचित्र ‘लव डायरिज’ले रिलिज डेट सारेर असोज १५ गतेलाई पुर्याएको छ । यसअघि असोज ३ गते रिलिज डेट तोकिएको थियो ।

चलचित्रलाई सौरव चौधरीले निर्देशन गरेका छन् भने पर्यटन व्यवसायमा ख्याति कमाईसकेका पर्यटन व्यवसायी विनोद सापकोटा लव डायरिजका निर्माता हुन् । चक्लेटी लुक्सका नायक सुशिल श्रेष्ठ र नायिका रविना थापाको चलचित्रमा मुख्य भुमिका रहेको छ । नायक सुशिल श्रेष्ठका लागी चलचित्र लव डायरिज निकै आशा गरिएको चलचित्र हो ।

उसो त नायिका रविना थापाले चलचित्रमा देखाएको अभिनय कलाको पनि निकै निर्माण पक्षले खुबै प्रशंसा गर्ने गरेको छ । नायक सुशिल श्रेष्ठ र नायिका रविनाको रोमान्स र केमेस्ट्री चलचित्रको पहिलो गित ‘सुन्यौ कि सुनिनौ’मा पनि छताछुल्ल पोखिएको छ ।

‘सुन्यौ कि सुनिनौ’ बोलको गीतको भिडियोमा सुशिल र रुविनालाई रोमान्टिक मुडमा देखाइएको छ । मनाङको रमणीय स्थल भिम्थाङमा सुटिङ गरिएको यस गितलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।

चलचित्र जगतमा बेष्ट अफ् टेलर मेकर भनेर चर्चा कमाएका साहिल खान एसोसियट निर्देशनको भुमिकामा रहेका छन् । यो गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

चलचित्र लव डायरिजमा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । चलचित्रको स्टोरी, अभिनय र प्राविधिक पाटो जति बलियो छ, त्यो भन्दा कैयौँ गुणा आकर्षक चलचित्रमा कैद भएका प्राकृतिक दृष्यहरु छन् ।

चलचित्रका निर्माता विनोद सापकोटा आफै पनि एक पर्यटन व्यवसायी भएकाले उनले चलचित्रको छायांकन स्थल छनौटमा प्राकृतिक दृष्यलाई पहिलो प्राथामिकता दिएका छन् । चलचित्रमा अहिलेसम्म कतै देख्न नपाइएका मनोरम प्राकृतिक दृष्यहरु देख्न पाईनेछ । जुन कुरा लव डायरिजले सार्वजनिक गरेको गित मार्फत पनि प्रस्ट देख्न सकिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्