सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रपति र प्रधानमन्त्री मुछिँदा चलचित्र रोकियो

चलचित्र पत्रकार संघले आयोजना गरेको ‘चलचित्र पत्रकारिता कार्यशाला’मा प्रमुख अतिथीको रुपमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई चलचित्र ‘दासढुंगा २’को कथा किन विकास बोर्डमै रोकियो भन्ने प्रश्नको सामना गर्नुपर्यो ।

निर्देशक कुमार भट्टराइले बोर्डले तानाशाहा लाद्न खोजेको भन्दै चलचित्र रोकेको आरोप विभिन्न मिडियामार्फत लगाउँदै आएका छन् । तर, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले चलचित्रको टिमले लगाउँदै आएको आरोपलाई ठाडै अस्विकार गरिदिएका छन् ।

उनले भने–‘विभिन्न मिडियामा आरोप लगाउँदै हिड्ने अनी मैले त्यसको जवाफ दिदै हिड्नुपर्ने ? मिडियावाजी गर्ने कि मसँग आएर कुरा गर्ने ?’ बोर्ड अध्यक्षले चलचित्र विकास बोर्डले चलचित्र नरोकेको दाबी समेत गरेका छन् । उनले भने–‘कुनै व्यक्तिको कथामा चलचित्र बन्दै छ भने उसको परिवार वा स्वयंम व्यक्तिसँग अनुमती लिनुपर्छ कि पर्दैन ?’

Keshav bhattarai
चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई

उनले अगाडी भनेका छन्–‘चलचित्रमा मदन भण्डारीको ह*त्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालको हात रहेको भनेर नाम नै तोकेर लेखिएको छ । तर, कथामा कतै पनि यो कुरालाई पुष्टी गरिएको छैन । यसैले, हामीले मदन भण्डारी फाउन्डेशनलाई स्क्रिप्ट अध्ययन गरेर सुझाव पठाउन आग्रह गरेका छौ । उहाँहरुले अहिलेसम्म जवाफ फर्काउनु भएको छैन ।’

उनले मदन भण्डारी फाउन्डेशनबाट जवाफ आएपछि चलचित्र निर्माणमा इजाजत दिने स्पष्ट पारेका छन् । उनले, मदन भण्डारी फाउन्डेशनलाई बोर्डले कथावस्तु यस्तो आएको छ भन्दै सहजीकरणका लागि पत्र काटेको समेत स्पष्ट पारेका छन् ।

अनलाईनखबरबाट साभार समाचार

फेसबुकबाट कमेन्ट गर्नुहोस्