सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भिखारी पाकिस्तानी प्रधानमन्त्री, इडियट डोनाल्ड

गुगल सर्च इन्जिनमा विभिन्न सामग्रीहरु खोजी गर्दा देखा पर्ने नतिजाहरु कहिलेकाहीँ निकै विवादास्पद् हुने गरेका छन् । अहिले गुगल यस्तै एउटा नतिजाको कारण विवादमा परेको छ ।

गुगल सर्च इन्जिनमा भिखारी शव्द टाइप गरी तस्वीर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्वीरहरु देखिने गरेका छन् । गुगलको पाकिस्तान, भारत तथा अमेरिका लगायतका डोमेनहरुमा यस्तो देखिने गरेको छ ।

गुगलमा भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर कहिलेदेखि देखा पर्न थालेको भन्ने प्रष्ट नभए पनि पहिलोपटक सन् २०१८ को डिसेम्बरमा यस्तो देखिएको बताइएको छ ।

Google

स्मरण रहोस् केही महिनाअघि गुगलमा ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको तस्वीर देखा परेपछि त्यसले विवाद सिर्जना गरेको थियो । त्यस्तै इडियट शव्द खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिने गरेको छ । यसबारेमा गुगलले अमेरिकी संसदमै स्पष्टीकरण दिनु परेको थियो ।

एजेन्सीको सहयोगमा

फेसबुकबाट कमेन्ट गर्नुहोस्