सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश प*क्राउ

सरकारबाट प्र*तिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले प*क्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाट प*क्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आ*न्दोलनरत छन् । सो आ*न्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

Prakash Chanda

उनीसहित आ*न्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि प*क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अ*वरोध खडा गर्ने र तो*डफोड गर्न खोजेपछि प*क्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्