सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राति १ बजे ११ बर्षिया बालिका बसमा बलात्कृत

बसका चालक र खलाँसीले ब*लात्कार गर्ने गरेका घटना सुनिनु कुनै नौलो कुरा होईन । बेलाबेला यस्ता घटना सार्बजनिक भईरहन्छन् । लाजले, डरले नसुनिने नदेखिने यस्ता घटना अँझ कति छन् कति ! सोमबार बिहान राजधानीमै दुई बालिकामाथि यौ*न दु*व्र्यवहार गरेको आरोपमा नेपालटार–रत्नपार्क चल्ने बसका एक सहचालक पक्राउ परेका छन् ।

प*क्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । बा४ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईले बसभित्रै ११ वर्षीया बालिकालाई ज*बरजस्ती क*रणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनै*तिक क्रियाकलाप गरेको प्रहरीले बताएका छ ।

ब*लात्कारमा संलग्न बसका सह–चालक राईलाई प*क्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाले जानकारी दिएका छन् । राई २ बजे बिहान प*क्राउ परेका हुन् । प*क्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिका ब*लात्कारको घटना यस्तो थियो
आइतबार साँझ ८ बजेतिर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा २ जना बालिका हराएको खबर आयो । लगत्तै महाराजगञ्ज वृत्तले सेटमार्फत ११ वर्षीया र १० वर्षीया बालिका हराएको खबर रिले गर्यो ।

girl

ती बालिकाहरु टोखा बस्दै आएको प्रहरीले जनाएको छ । ती हराएका बालिकाहरुलाई खोज्न प्रहरी सक्रिय भएर लाग्यो । अन्ततः बालाजु वृत्तबाट खटिएका इन्सपेक्टर गम्भीरजंग थापाको टोलीले मनमैजुस्थित शुभकामना चोकबाट बिहान २ बजेतिर बालिकाको उ*द्धार गर्यो ।

बालिका फेला परेसँगै अनुसन्धानको क्रममा सहचालक राईले ११ वर्षीया बालिकालाई बसभित्र ज*बरजस्ती क*रणी गरेको तथा उनकी साथी रामेछापकी अर्की १० वर्षीया बालिकालाई अनै*तिक क्रियाकलाप गरेको खुल्न आएको छ ।

कोठामा खाना खुवाएपछि बसभित्रै जब*रजस्ती क*रणी
सहचालक राईले ११ वर्षीया बालिकालाई बसभित्रै जब*रजस्ती क*रणी गरेको प्रहरीले जनाएको छ । जब*रजस्ती क*रणीपछि सहचालक राईले ती दुई बालिकालाई कोठामा लगेर छाड्ने तयारी गर्दै थिए । सोही अवस्थामा उनलाई पक्राउ गरिएको इन्सपेक्टर थापाले बताए ।

बसका चालक हुन् मनिराम राई । मनिराम र एल्जित दाजुभाई रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । बालिकाहरु घुम्दै मनमैजुस्थित शुभकामना चोक पुगेको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा ती २ बालिकालाई चालक मनिराम र सहचालक एल्जितले शुभकामना चोकमा करिब ९ बजेको समयमा देखेपछि बोलाएर ‘तिमीहरुको घर कता हो ?’ भनेर सोधेको पाइएको छ ।

११ वर्षीया बालिकाले ग्रिनल्यान्ड जानुपर्ने हो भनिन् । चालक मनिरामले राती भइसक्यो आज मेरै कोठातिर बस भोलि बिहानै पुर्याइदिन्छु भन्दै कोठामा लगेर खाना समेत खुवाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

चारै जनाले खाना खाइसकेपछि सहचालक एल्जित बसमा सुत्न जान्छन् । एल्जित बसमा गएपछि ती दुई बालिका पनि बसमा नै सुत्न जान्छौं भन्दै गएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।

चालक मनिराम भने एक्लै कोठमा सुते ।
उनीहरु तीनजना बसमा पुग्दा रातीको १० बजेको थियो । बसभित्र गएर सहचालक एल्जित सुते भने ती बालिकाहरु एकछिन खेल्दै बसेको सहचालक एल्जितले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरी समक्ष एल्जितले उनीहरु पनि सुतिसकेपछि रातीको १ बजेतिर ११ वर्षीया बालिका सुतेको ठाउँमा गएर जब*रजस्ती क*रणी गरेको बताएका छन् । त्यसपछि १० वर्षीया बालिकालाई अनै*तिक क्रियाकलाप गरेको बयान दिएका छन् ।

त्यसपछि राती नै उनीहरुलाई घरमा लगेर छाडिदिने तयारी गरिरहेको एल्जितले बताएका छन् । चालक मनिरामले घटनाबारे आफूलाई बिहान मात्र थाहा भएको बताएका छन् । प्रहरीले घटनाबारे भनेपछि थाहा पाएको उनको भनाई छ । यद्यपी मनिरामलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्