सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवन मेडिकल कलेज शुल्क काण्डमा के भन्छ त्रिवी ?

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई विद्यार्थीसित बढी शुल्क लिएको भए फिर्ता गर्न अनुरोध गरेको छ ।

त्रिविको सम्बन्धनप्राप्त भरतपुर कलेज् चिकित्सा शिक्षातर्फको एमबीबीएस तहमा आफुहरुलाई लाग्ने सुल्क भम्दा प्रशासनले धेरै सुल्क उठायको भन्दै एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन ।

त्रिविले उक्त बिषयमा शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आन्दोलनरत विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ।

विश्वविद्यालयले प्रकाशित् गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ। विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ,’।

मन्त्रिपरिषद्को गत बर्ष असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्