सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परदेशी मायाँलु, मेलिनाको श्वर, आँचलको अभिनय

नेपाली सुगम संगीतकी चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गित ‘परदेशी मायाँलु’ सार्बजनिक भएको छ । परदेशी मायालु बोलको निकै नै मन छुने शब्दमा रहेको गितले धेरै दर्सकको मन जित्ने आशा राखिएको छ ।

भिडियोमा चर्चित नायिका आँचल शर्मा र राम आर.एस.ले लोभलाग्दो अभिनय गरेका छन् । विकाश सुबेदीको निर्देशन रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

गितको म्युजिक भिडियोलाई रक्षा म्युजिक प्रा.लि.ले बजारमा ल्याएको छ । गितमा प्रेम सागर पौडेलले संगित गरेका छन् भने प्राप्ति पौडेलको शब्द रचना रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्