महरा यौनकाण्डमा मुछिएपछी छोराहरु युद्धमा !
यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक सञ्जाल फेसबुकमा बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।
मंगलबार राती साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै आफ्ना बुवामाथी चौतर्फी रुपमा षड्यन्त्र भएको भन्दै उनीहरुले ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा स्ट्याटसको अन्त्यमा उल्लेख गरेका छन् ।
उनीहरु दाजुभाईले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।
हेर्नुहोस् महराका जेठा छोरा एटम महराको स्टाटस ।
उनीहरुको स्टाटसमा लेखिएको छ-‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ ।
असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ । बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अँझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’
उनीहरुले हतियारसहितको फोटो सेयर गरेर समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको र क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भनेर लेख्नुको अर्थ फेरि युद्धमा जाने संकेत गरेका छन् । क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भन्नुको तात्पर्य उनीहरु विप्लव पार्टीमा जाने संकेतका रुपमा बुझ्न सकिन्छ ।
हेर्नुहोस् महराका कान्छा छोरा राहुल महराको स्टाटस ।
यसरी महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चेतावनीको भाकामा ’सन्देश’ दिएका छन् । फेसबुकमा लेखिएको स्ट्याटस झैँ उनीहरु क्रान्तिकारीसँग फेरी भेट गर्न जान्छन् जाँदैनन् त्यो भने भोलीका दिनले दखाउनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्