सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सीको स्वागतमा बनाइएको फ्लेक्स च्यात्ने पक्राउ

चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Flex for welcoming to xi jinping

शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS