सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा हगिबिस ताइफुका कारण १९ को मृत्यु

जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार निकै शक्तिशाली भनिएको हगिविस ताईफुका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । डुबानमा परेका र जोखिम क्षेत्रमा उद्दार कार्य भईरहेकाले मृत्यु हुनेहरुको तथ्यांक अँझै बढ्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

हगिविस ताइफुमा परी १६ जना बेपत्ता भएको खबर छ । जापानभरी १ सय भन्दा बढी घाईते भएको सरकारी अधिकारीहरुले बताएका छन् । ताइफुसँगै आएको घनघोर बर्षाका कारण नदिहरुमा पानीको बहाव उच्च हुन गई धेरै क्षेत्रहरुमा डुवान परेको छ । बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धार कार्य भईरहेको छ ।

https://youtu.be/wUrLYhSmYPs

खासगरी चिकुमा नदी किनारको बाँध भत्किँदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको जापान सरकारले जनाएको छ । नदी किनार भत्किएर आवासिय क्षेत्रमा पसेको पानीले पाँच मिटरसम्म डुवान गरेको बताइएको छ । जापानको भु, पुर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार नौओटा प्रिफेक्चरमा कम्तिमा ३३ ओटा पहिरो र भुस्खलन भएको छ ।

निकै शक्तिशाली भनिएको हगिविस सुपर ताइफुका कारण अति प्रभावित मानिएका टोकियो, गुन्मा, साइतामा, कानागावा, यामानाशी, नागानो, निगाता, सिजुओका, तोचिगी, फुकुसिमा, इबाराकी, इवाटे र मियागी प्रिफेक्चरमा सबैभन्दा उच्च ५ तहसम्मको चेतावनी जारी गरिएको थियो ।

Typhoon hagibis in Japan

ताइफुले सबैभन्दा बढी चिवा र इचिहारा प्रिफेक्चरमा क्षति पुर्याएको छ । चिवा र इचिहारामा १२ ओटा घरहरु क्षतविक्षत भएका छन् भने ७० भन्दा बढी घरमा आंशिक भन्दा धेरै क्षति पुगेको जनाइएको छ । सरकारले बिहानै देखी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तिव्रता दिएको छ । क्षतीको पुर्ण विवरण आउन समय लाग्ने सरकारले जनाएको छ ।

हगिविस ताइफुका कारण राजधानी टोकियो लगायत ताइफुबाट प्रभावित क्षेत्रमा बन्द गरिएका ट्रेन चल्न सुरु भएका छन् । शनिबार र आईतबार बिहान सम्म बन्द गरिएका हवाई सेवाहरु पनि सुचारु गरिएको छ । विद्युत र पानी अवरुद्ध भएका क्षेत्रहरुमा जतिसक्यो चाँडो जनजिवन सामान्य बनाउन सरकार दुढताका साथ लागिपरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्