वेलायतमा १९ बर्षिया किशोरीमा दुईओटा योनी
वेलायतमा चिकित्सकहरुले परिक्षणको क्रममा एक किशोरीको दुईवटा योनी भेटेका छन् । महिनावारी समस्याले पीडित भएर उपचारका लागी अस्पताल गएकी वेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरको दुई ओटा योनी भएको भेटिएको हो ।

किशोरीको महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । चिकित्सकले किशोरीको उपचारका क्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको बताइएको छ ।
९ वर्षको हुँदादेखि उनले महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । चिकित्सकले यस घटनालाई अनौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् ।

यो यस्तो दुर्लभ अवस्था हो जसले प्रजनन् अंगलाई दोब्बर बनाउँछ । डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए । डेलीमेल

फेसबुकबाट कमेन्ट गर्नुहोस्