सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

परदेशीलाई रूवाउने गीत ‘फर्क दाजुभाइ’ युट्युवमा

कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको विकासमा लाग्न आह्वान गरिएको गिती एल्बम ‘फर्क दाजुभाई’ युट्युवमा अपलोड भएको छ । परदेशिएका नेपालीहरुको कथावस्तुलाई समेटिएको गित ‘फर्क दाजुभाई’ गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको हो ।

उक्त गितको गत शुक्रवार गण्डकी प्रदेशका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले विमोचन गरेका थिए । विमोचन कार्यक्रममा प्रदेशसभा सदस्य दवाडीले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न आग्रह गरेका थिए । उनले भनेका छन्–“विदेशमा बस्ने सबैले जन्मभूमीलाई माया गरे देशको विकास हुन्छ ।”

Nepali song farka dajubhai

उनले आफू लामो समय विदेशमा पसिना बगाएर नेपाल आएर समाजसेवामा लागेको उल्लेख गर्दै नेपालमा लगानीको वातावरण निर्माणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गरेका थिए ।

गीतकार न्यौपानेले युवा विदेश पलायन हुने क्रम नरोकिएको र स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने बताएका थिए । गितकार न्यौपानेले भनेका छन्–“वैदेशिक रोजगारीका कारण गाउँमा मलामी जानेदेखि बिरामी बोकेर अस्पताल जाने युवा नहुँदा समस्या भएको छ ।”

उक्त गीतमा शोभा त्रिपाठी, गोविन्द थापा, अम्बिका देवकोटा लगायत स्वर रहेको छ । गितमा टिका बन्धनले सङ्गीत भरेका छन् । म्युजिक भिडियोको निर्माण निर्देशन सुरज ढकालले गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS