फेसबुक र इन्स्टाग्राममा भान्टा र आरु प्रतिबन्ध
सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।
भान्टा तथा आरुको आकारले अश्लीलता प्रबद्र्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्य रुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको छ ।
न्यूज पोर्टल एक्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौनकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ । फेसबुकले पानीको थोपाको इमोजी पनि प्रतिबन्ध लगाएको छ ।
कतिपय इमोजीहरुलाई प्रतीकात्मक रुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको छ । एजेन्सी
फेसबुकबाट कमेन्ट गर्नुहोस्