सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गुमेको भुमी फिर्ता लिने बेला आएको छः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिमा विवादमा भइरहेको राष्ट्रव्यापी बहसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन् ।

नेकपा भरतपुर महानगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भनेका छन्–‘छिमेकी मुलुक भारतले जारी गरेको नयाँ नक्सासँगै उत्पन्न विवाद र वहसले हाम्रो गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर पनि आएको छ । अब उच्चस्तरमा वार्ता गरेर पहल गर्नुपर्छ ।’

राष्ट्रिय सिमा खतरामा परेको भन्दै प्रचण्डले राष्ट्रिय एकतालाई बलियो बनाएर नेपालको गुमेको भूमिलाई फिर्ता लिने अवसर आएको बताएका छन् । प्रधानमन्त्रीले आयोजना गरेको सर्वपक्षीय बैठकमा सिमा विषयमा भएको सहमति र एकताले सबै एक ढिक्का भएको प्रमाणित गरेको उल्लेख गर्दै भने, त्यही एकताको बलमा अब हामीले गुमेको भूमि फिर्ता लिनुपर्छ ।’

Prachanda

उनले भने–‘सिमा अतिक्रमणविरुद्ध सिंगो राष्ट्र नै एकजुट भएको छ । हाम्रो एकतालाई हाम्रो भौगोलिक अखण्डता, सार्वभौमसत्ताालाई सम्मानित गर्ने यति ठुलो अवसर फेरि प्राप्त हुँदैन । यो अवसर र चुनौती दुवै हो ।’

१८१६ को सुगौली सन्धिपछिको दस्तावेज र त्यसपछि प्रकाशित औपचारिक नक्शामा महाकालीलाई सिमा नदी मानिएको उनले बताए । महाकाली नदी पूर्वको भाग नेपालको भएको उनको भनाइ थियो । ‘महाकालिदेखि पूर्व नेपाल र पश्चिम भारत हो, अरु कुरा मान्य छैन’ दाहालले भने–‘सुगौली सन्धिपछिको ऐतिहासिक दस्तावेजले नै नेपालको भूमि कति हो र भारतको कति हो भन्ने प्रमाणीत गरेको छ ।’

दाहालले एकता असफल पार्न षडयन्त्र भए पनि आफुहरुले पार्टी एकतालाई टुङ्गोमा र्पुयाएको बताएका थिए । ‘केपीजी र म उस्तैउस्तै भएर एकतामा हाम फालेका हौँ’ दाहालले भने, ‘पार्टी एकता नेपालको राजनैतिक इतिहसमा निकै परसम्म छाप छोड्ने परिघटना हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS