गुमेको भुमी फिर्ता लिने बेला आएको छः प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिमा विवादमा भइरहेको राष्ट्रव्यापी बहसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन् ।
नेकपा भरतपुर महानगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भनेका छन्–‘छिमेकी मुलुक भारतले जारी गरेको नयाँ नक्सासँगै उत्पन्न विवाद र वहसले हाम्रो गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर पनि आएको छ । अब उच्चस्तरमा वार्ता गरेर पहल गर्नुपर्छ ।’
राष्ट्रिय सिमा खतरामा परेको भन्दै प्रचण्डले राष्ट्रिय एकतालाई बलियो बनाएर नेपालको गुमेको भूमिलाई फिर्ता लिने अवसर आएको बताएका छन् । प्रधानमन्त्रीले आयोजना गरेको सर्वपक्षीय बैठकमा सिमा विषयमा भएको सहमति र एकताले सबै एक ढिक्का भएको प्रमाणित गरेको उल्लेख गर्दै भने, त्यही एकताको बलमा अब हामीले गुमेको भूमि फिर्ता लिनुपर्छ ।’
उनले भने–‘सिमा अतिक्रमणविरुद्ध सिंगो राष्ट्र नै एकजुट भएको छ । हाम्रो एकतालाई हाम्रो भौगोलिक अखण्डता, सार्वभौमसत्ताालाई सम्मानित गर्ने यति ठुलो अवसर फेरि प्राप्त हुँदैन । यो अवसर र चुनौती दुवै हो ।’
१८१६ को सुगौली सन्धिपछिको दस्तावेज र त्यसपछि प्रकाशित औपचारिक नक्शामा महाकालीलाई सिमा नदी मानिएको उनले बताए । महाकाली नदी पूर्वको भाग नेपालको भएको उनको भनाइ थियो । ‘महाकालिदेखि पूर्व नेपाल र पश्चिम भारत हो, अरु कुरा मान्य छैन’ दाहालले भने–‘सुगौली सन्धिपछिको ऐतिहासिक दस्तावेजले नै नेपालको भूमि कति हो र भारतको कति हो भन्ने प्रमाणीत गरेको छ ।’
दाहालले एकता असफल पार्न षडयन्त्र भए पनि आफुहरुले पार्टी एकतालाई टुङ्गोमा र्पुयाएको बताएका थिए । ‘केपीजी र म उस्तैउस्तै भएर एकतामा हाम फालेका हौँ’ दाहालले भने, ‘पार्टी एकता नेपालको राजनैतिक इतिहसमा निकै परसम्म छाप छोड्ने परिघटना हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्